काठमाण्डौ – अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निराश भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ ।

नेपाल भेटेरिनरी एसाेसिएशन बाग्मती प्रदेशका अध्यक्ष डा. दीपक तिवारी यो समयमा कुखुराले दानापानी कम खाने र कमजोर हुने हुँदा रोगको जोखिम हुने बताउनुहुन्छ ।

गर्मीमा २० देखि २५ प्रतिशत उत्पादनमा ह्रास आउने गर्दछ । गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ । दिउँसो कुखुरालाई दाना नखुवाउन सुझाव दिँदै उहाँले उत्पादन घटेकाले किसानको लागत मूल्य बढेको जानकारी दिनुभयो ।

अहिले एउटा अण्डा तयार गर्न १६ रुपैयाँ हाराहारी खर्च हुने गरेको छ । यसअघि अण्डाको लागत मूल्य साढे १४ रुपैयाँ  थियो ।