कृष्ण हुमागाँई
२०८३ साउन २९,३०र ३१ गते काठमाडौको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनबाट हिन्दु, बौद्ध, किराँत, प्रकृति धर्म र सबै धर्मलाई धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र नेपालको प्रस्ताव पास पारित गरेर झापा फर्कियौ ।
गतबर्ष भदौ २४ को अराजक उपद्रवमा सांघातिक हमलामा परि खुकुरी प्रहारबाट गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै अँखा अगाडी आफ्नी जीवनसाथीलाई परपुरुषले लात्तै-लात्ताले निर्मम कुटपिट गर्दा आफू रगतपक्षे अवस्थामा श्रीमतीको दुरावस्था टुलुटुलु हेर्नू शिवाय केही गर्न नसक्ने अवस्था भोग्नु पर्यो ।
हामी एकैछिन सोचौं त यस्तो घटना हाम्रो आफ्नै जीवनमा वा हाम्रो परिवारमा भएको भए हामी के गर्थ्यौ ? ठिकै भयो भन्थ्यौ !?! मानवता, बिवेक, सहृदयी भावना किन हराउँदै जाँदैछ नेपालीहरुमा ? यस्तो पासविक बर्बर जंगलीयुगिन निकृष्ट घटनामा पनि मानिस कसरी रमाउन सक्छ्होला !?! परपीडकहरु रमाउँन सक्लान तर मानव चेतानाले यस्तो अपराधमा खुशीहुन सक्दैन जति नै फरक मत भएपनी !
यस्तो पीडादायी घडीमा उपचार गराईरहनु भएका सभापति देउवाले अस्पातालबाट डिस्चार्जसमेत हुन नपाई अहिले छोड, भरे छोड, तेरो अनुहार अब कसैले हेर्दैन ! भनेर थप पीडा दिने काम आफ्नै साथीबाट भएको पनि भोग्नु पर्यो ।
यी अनेक षडयन्त्रको सामना गर्दै आफ्ना र बिरानाले अनेक दु:ख, पीडा खपेर लामो उपचारपछी श्री देउवा सवदेश फिर्ती हुनुभयो । उहाँ त्रिभुवन बिमानस्थलमा उत्रनु भएपछि स्वागतमा उपस्थित जनसागरलाई त उहाँलाई पीडित बनाउने सबैले देखे । उहाँलाई बिमानस्थबाट पक्राउ गर्नुपर्छ भनेर चिच्याउने, कराउनेहरुको केहिसिप लागेन । त्यसैले उनिहरुने बिमानस्थल पुगेर आफु सँगै काम गरेको आफ्नो सभापतिको स्वागतमा उपस्थित हुने साहस देखाउन सकेनन ।
देउवा नेपालको एयरपोर्ट प्रयोग गरेर उपचारमा बिदेश जानू भएको थियो त्यही बिमानस्थबाटै काठमाडौ आउनु भयो । उहाँलाई भाग्यो भनेर बदनाम गर्न खोज्ने आफ्ना-पराईले नेपाली जनतासामु झुट बोलिरहेका थिए । बिमानस्थबाट सुरक्षा जाँच गराएर भदौ २४ पचि चारचोटी आउजाउ गरिसकेको नेतालाई बदनाम गराउन पाँउदा क-कस्को इज्जत सम्मान ओहदा बढ्थ्यो गरे । जीवनभर उहाँकै वरिपरि घुमीरहने र अनेक फाइदा लिनेहरुने पनि डेरा सारे डेरा चाहिँ अस्थायी हुन्छ । घर बनेका दिन कसैले म आफुले बनाएको घरमा बस्दिन, डेरामै बस्छु भन्दैन होला !?! आहिले देउवासँग केही छैन, दु:खमा साथदिनेमा साहस धैर्य हुनुपर्छ । बलेको आगो ताप्ने त धेरै भेटिन्छ्न । तर आफै मुढा जोडेर आग बाल्ने र ताप्ने बिरै हुन्छ्न । तसर्थ हावाको बहावमा उडने भन्दा प्रतिकुल प्ररिस्थितिमा पनि अदम्य साहसकासाथ उभिनसक्नु नै आफ्नो पहिचान हो । लर्का-सर्कामा सजिलोअबाटो त जोकोही हिडछ नि ! दु:खमा परेको बेला साथ दिने पो दिने त जता मल्खु उतै ढल्कु त हुनसकिएन । फेरिपनी मानिसले आफ्नो ब्रम्हले ठीक लागेको कुरा गर्ने हो । मन, मुटु, हृदय एकाती अनि शरीर अर्कैतिर गरेर क सन्तुष्टि मिल्छ होला र ? तसर्थ जो जस्ले जता समर्थन गरेपनी पाइन्छ लोकतन्त्रमा त्यता समर्थन गर्यो, यता गरेन भनेर विभेद गर्ने, गाली-गलौज गर्ने मान्छेमा प्रजातान्त्रिक चेत र संस्कारको बिकास भएको रहेनछ भनेर बुझौला । तिनलाई फरकमतको कदर बीपी कोइरालाले कसरी गर्नुहुन्थ्यो भनेर सुनाउदै जाउँला समयक्रमसँगै ।
पाँच पटक प्रधानमन्त्री भइसक्नु भएका, प्रजातान्त्रिक आन्दोलनका क्रान्तियोद्धा देउवाले काठमाण्डु आएकैदिन भन्नुभयो- राजा ज्ञानेन्द्रले सकेन, कोहि छ ? मलाई सक्ने ? कति दुखदिए बदमासहरुले हामी देखाउँछौं । शेर आखिर शेरै हुन्छ, स्याल हुँदैन । कम्ती बोल्ने तर संसदीय राजनिका चतुर खेलाडी देउवाको नेपाल आगमन पछि देशको राजनीति नै तरङ्गित बनेको छ । हेर्दै जाउँ नेपाली जनता र अदालतकाप्रति पूर्ण भरोसा राख्नु भएका देउवाले नेपाली कांग्रेस पार्टीलाई आफ्नै नेतृत्वमा एकतवद्ध बनाउने र पार्टी नफुटने संदेश दिनु भएर लोकतन्त्रमा बिश्वास राख्नेहरुको मन जित्नु भएको छ ।
हामी झापाली गोमा भट्टराई, भगिरथ पोद्धार र म समेतले पूर्व प्रधानमन्त्री देउवालाई अलगै भेटेर, केही सूचना र संदेश लिएर झापा फर्कियौ ।
# जय नेपाल !






























































