तुलसी सिटौला(आठराई)

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं २ खाम्लालुङ स्थित पर्यटकीय स्थल झाक्री गुफामा यही फाल्गुन १८ गते देखि २५ गते सम्म विभिन्न खेलकुद तथा वृहत साँस्कृतिक कार्यक्रमका साथ दोस्रो आठराई गाउँपालिका अध्यक्ष रनिङ कप २०८० सन्चालन हुने भएको छ ।

आज गाउँपालिकाको कार्यलयमा पत्रकार सम्मेलन गरी पालिका अध्यक्ष दिल कुमार पाहिमले मेलाको बारेमा जानकारी गराउँनु भयो ।दोस्रो आठराई गाउँपालिका अध्यक्ष रनिङकपमा खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता,खुल्ला गाउँपालिका स्तरीय पुरूष भलिबल प्रतियगिता र आमन्त्रित साँस्कृतिक कार्यक्रम साथै राष्ट्रिय स्तरका गायक गायिकाको प्रस्तुति समेत रहने बताईएको छ ।

 

खुल्ला पुरूष फुटबल तर्फ प्रथम हुनेले रू १ लाख ५० हजार सहित रनिङ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले रू १ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै खुल्ला महिला फुटबल तर्फ प्रथम पुरस्कार रु ६० हजार सहित रनिङ ट्रफी मेडल र प्रमाण पत्र, दोस्रो हुनेले ४० हजार ट्रफी मेडल र प्रमाण पत्र र खुल्ला गाउँपालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताको विजेताले ८० हजार सहित रनिङ ट्रफी मेडल र प्रमाण पत्र उपविजेताले ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

साँस्कृतिक कार्यक्रम अन्तर्गत धान नाच तर्फ प्रथम पुरस्कार रु १५ हजार र दोस्रो पुरस्कार रू १० हजार तोकिएको छ । आमन्त्रीत नृत्य प्रतियोगिता तर्फ प्रथम हुनेले १५ हजार,द्वितिय हुनेले १० हजार र तृतियले रू ५ हजार प्राप्त गर्नेछन ।

वृहत सास्कृतिक कार्यक्रम फागुन २४ गते गरीने र सोही दिन राष्ट्रीय स्तरका गायक गायीहरूको प्रस्तुति समेत रहने छ ।राष्ट्रिय स्तरका कलाकारहरु को को आउँने भन्ने अझै कन्फर्म भइनसकेको र कन्फर्म भएपछी जानकारी गराउँने अध्यक्ष पाहिमले बताउँनु भयो ।