तुलसी सिटौला
आठराई
तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा शुल्क लिईदै आएको ल्याब सेवा,भिडियो एक्सरे सेवा लगायतका सम्पूर्ण सेवा सोमबारबाट निशुल्क गरिएको छ। नागरिकहरु प्रती उतरदायी भूमिका निर्वाह गर्दै स शुल्क संचालन हुदै आएको ल्याब तथा भिडियो एक्सरे सेवा आजबाट नि शुल्क गरीएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो ।
नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखि पालिकाले बजेट विनियोजन गरि नि:शुल्क ल्याव तथा एक्सरे सेवा सुरु गरेको अध्यक्ष पाहिमले बताउनुभयो । स्वास्थ्य केन्द्रमा सबै किसिमका ल्याब सम्बन्धि सेवा उपलब्ध हुदै आएका छन्। हप्ताको सातै दिन चौबिसै घण्टा MBBS डाक्टरको सेवा उपलब्ध छ।
त्यस्तै नेपाल सरकारले प्रदान गर्दै आएका निशुल्क औषधि बाहेक सुटर,ब्लेड,सुगरका केही औषधिहरु,प्रेसरका केही औषधिहरु, entका औषधि लगाएत धेरै किसिमका औषधिहरु गाउपालिकाले निशुल्क प्रदान गर्दै आएको प्राथमिक स्वास्थ्य केन्द्र सक्रान्तिबजारका मेडिकल अफिसर आयुष मिश्राले बताउनु भयो।
एक्सरेको लागि ड्राकरूम तयारीको काम भइरहेकाले हाडजोर्नी सम्बन्धिको एक्सरे सेवा चाडै नै सुचारू हुने अध्यक्ष पाहिमले बताउनु भयो। स्वास्थ्य केन्द्रमा ल्याव, औषधि लगायतका अन्य सेवालाई थप व्यवस्थित गरिने बताइएको छ ।
गाउँपालिकाले सुत्केरी महिलाका लागि तथा इमर्जेन्स दुर्घटनाका बिरामीहरुका लागि जुनसुकै हस्पिटल लानका लागि विगत एक वर्ष देखि निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ।