तुलसी सिटौला( आठराई)

 तेह्रथुमको आठराई गाउँपालिका वडा नं २ खाम्लालुङ स्थित झाँक्री गुफामा यही फाल्गुन १८ गते देखी २५ गते सम्म दोस्रो आठराई गाउँपालिका अध्यक्ष रनिङ कप तथा वृहत आमन्त्रित सॉस्कृतिक कार्यक्रम सन्चालन हुने भएको छ । 

खुल्ला पुरूष तथा महिला रनिङ कप फुटबल,खुल्ला पालिका स्तरीय पुरूष भलिबलका  साथै फाल्गुन २४ गते वृहत आमन्त्रित सॉस्कृतिक कार्यक्रम हुने भएको छ ।वृहत सॉस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूको बेजोड प्रस्तुती समेत रहने बताईएको छ । 

जसका लागि गायक सुगम पोख्रेल, गायिका एलिना चौहान,बाल गायिका रुक्सना लिम्बु र मोडेल तथा हास्य कलाकार पुष्पान्जलि तिलिङ लिम्बु (चाप्पेतिको आमा) साथै कार्यक्रम प्रस्तोता सम्झना योङहाङ आउँने गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिनु भयो । 

फाल्गुन २४ गते २ बजे सम्म आमन्त्रित नृत्य प्रतियोगिता र त्यसपछी राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।