तेह्रथुमको आठराई गाउँपालिका १ सक्रान्तिबजार डाँडागाउँबाट साउन १४ गतेदेखि हराइरहेकी २४ वर्षिया रेसिका श्रेष्ठ(दमन्ता)को शव उनकै पसल पछाडि सँगुरको खोरमा गाडेको अवस्थामा २७ गते शनिबार फेला परेको थियो ।
श्रीमती हराएको दश दिन अर्थात साउन २४ गते श्रीमान राज कुमार श्रेष्ठ पनि वेपता भएपछी दुवैको खोजि कार्य तिव्र पारीएको थियो । श्रीमती रेशिका श्रेष्ठ (दमन्ता) को हत्या गरेको आरोपमा काँकडभिट्टाको एक होटलमा लुकीछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा ३५ वर्षीय राज कुमार श्रेष्ठलाई काँकडभिट्टा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तेह्रथुम ल्याइएको थियो । उनलाई पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान गरिएको थियो । ७ दिनको म्याद आइतवार सकिए पछी पुन ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक उमा प्रसाद शंकरले जानकारी दिनुभयो ।
श्रीमतीको हत्या राजकुमारले नै गरेको स्विकार गरिसकेका छन्। हत्या स्विकार गरे पछि पत्रकार सम्मेलन मार्फत राजकुमारलाई सार्वजनिक समेत गरिएको थियो।































































