भद्रपुर ।बिभिन्न संघ सस्थामा कुशल नेतृत्व समालिसकेका पत्रकार गणेश पाेखरेलले याे पटक नेपाल परिवार नियाेजन संघकाे नेतृत्वमा दावी गरेका छन् । सक्षम नेतृत्व लिने क्षमता भएका पाेखरेलकाे पक्षमा माहाैल बन्दै गएकाे छ । 

देशभरीका संघ सस्थामा अहिलेसम्म बिवादरहित कार्यकाल पुरा गर्दै आएका पाेखरेलले असार २५ गते जिल्ला समन्वय समितिकाे भवनमा हुने अधिवेसनमा नेतृत्व दावी गरेका हुन् । असार ३० गते कार्यसमितिको निर्वाचन हुने कार्यतालिका छ । 

‘परिवर्तित सन्दर्भमा संघलाई नयाँ शैली र योजनाका साथ सञ्चालन गर्नुपर्ने खाँचो देखियो,’ पत्रकार पोखरेलले भने -‘आम सदस्यहरुको चाहना र भावना अनुसार मैले यसपटक अध्यक्षको उम्मेद्वार बन्ने निर्णय गरेको हुँ ।’

विर्तामोड निवासी पोखरेल अहिलेको कार्यसमितिमा सचिव पदमा छन् । बर्तमान अध्यक्ष लोकनाथ भट्टराई बुइँपालीले दोहोर्याउने इच्छा देखाएकाे हुँदा पोखरेल र भट्टराईबीच अध्यक्ष पदमा प्रतिष्पर्धा हुने देखिएको छ ।

संघको झापा शाखामा ७७५ जना आजीवन र साधारण सदस्य रहेका छन् । उनीहरुले नै निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नेछन् ।

संघको विधान अनुसार शाखा कार्य समितिमा एक अध्यक्ष, एक कोषाध्यक्ष र नौ जना सदस्य रहने व्यवस्था छ । जसमध्ये ५१ प्रतिशत महिला हुनुपर्छ ।

कार्य समितिमा कोषाध्यक्ष पदमा पार्वती ओझाको नाम चर्चामा रहेको छ । 

संघमा पछिल्लो समय दाताको सहयोग घट्दै गएको छ । संघले यौन तथा प्रजनन् क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन सकेको देखिदैन । मुलुक संघीयतामा गएपछि संघले तीनै वटा सरकारको सहयोग लिनु पर्नेमा त्यसो हुन नसकेकाे अध्यक्षका दावेदार पोखरेल बताउछन्।

कार्यालय भवन जीर्ण अवस्थामा पुगेको जनाउँदै पोखरेलले आफुले नेतृत्व गर्ने अवसर पाएपछि नयाँ र आधुनिक भवन निर्माण गर्ने याेजना रहे‍काे बताए ।  चारआलीको क्लिनिकल भवन पुननिर्माण र सेवा चुस्त बनाउने प्रतिवद्धता उनकाे छ । उनले पृथ्वीनगर, चन्द्रगढी र दमकमा रहेको क्लिनिकल सेवालाई अझ प्रभावकारी र जनशक्तियुक्त बनाउने बताएका छन् । 

निर्वाचनमा राजनीतिक हस्तक्षेप हुने गरेकाे छ । तर, यसपटक त्यस्ताे देखिएकाे छैन । नेपाली काग्रेस लगायत अन्य दलका सदस्यहरुले समेत पाेखरेलकाे पक्षमा मत दिने चर्चा चलिरहेकाे छ ।