तुलसी सिटौला (तेह्रथुम)

तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुंगा अर्चले चिसापानिमा बिहीबार चार जनाले एक व्यक्तिलाई सामुहीक कुटपिट पछि आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन।

अर्चलेमा मेला भरेर घर फर्कने क्रममा आठराई गाउँपालिका ४ इवा ढोडेनीका ५५ वर्षीय धनपति प्रसाईलाई चिसापानिमा बाटो छेकेर कुटपिट गरेका थिए । 

कुटपिट पछि घाइते भइ ढलेका प्रसाईलाई सेउला र झिक्राले छोपी आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 आगोले प्रसाईको देब्रे कानको भाग डढेको छ। घाइतेको  जिल्ला अस्पताल पॉचथरमा सामन्य उपचार पछी थप उपचारका लागि बिर्ता सिटी अस्पताल झापा लगिएको बताईएको छ ।

कुटपिटमा संलग्न चार जनालाई नै पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय सक्रान्ति बजारका प्रमूख बिशाल लिम्बुले जानकारी दिनुभयो ।