बिर्तामोड । बेलायत सेनामा कार्यारत गल्फर गजेन्द्र९गाज० गुरुङ प्रोफेसनल खेलाडी बन्ने भएका छन् ।


एमेच्योरमा उत्कृष्ट प्रदर्शन गर्दै बिजेता बनेका गुरुङ प्रोफेसनल खेलाडी बनेका हुन् । गुरुङले धरानमा सम्पन्न सुर्य नेपाल एमेच्योर गल्फ प्रतियोगितामा च्याम्पियन भनेपछि प्रोफेसनल खेलाडीको सुचिमा पर्न सफल भएका हुन् ।


बेलायती सेनामा भर्ती हुनु अघि झापामा फुटबल खेलाडीको रुपमा चिनिएका गुरुङ सेनामा गए पश्चात गल्फर भएका छन् । पाँचथरको रानीटारमा जन्म भएका गुरुङ एमेच्योर प्रतियोगितामा एकपछि अर्को सफलता हासिल गर्ने खेलाडीको सुचिमा अग्रस्थानमा रहेका छन् ।


२०२२ मा लण्डनमा भएको पिपल गल्फ एमेच्योर प्रतियोगितामा बिजेता गुरुङले धरानमा भर्खरै सम्पन्न सूर्य नेपनल गल्फ एमेच्योर प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल भएका छन् । गुरुङले अब गल्फमा पहिलो नम्बरको प्रोफेसनल प्रतियोगिता खेल्न पाउने छन् ।


बिर्तामाडमा संञ्चारकर्मीसंग कुरागर्दै गुरुङले भने नेपालमा गल्फको धेरै संभावना रहेर पनि उचित अवसर नपाउदा प्रतिभावान खेलाडी ओझेलमा परेका छन् । उनले नेपालमा धेरै भन्दा धेरै प्रतियोगिता गर्नु पर्ने बताएका छन् । पछिल्लो समय गल्फमा नेपाली खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रर्दर्शन गरिरहेको उल्लेख गरे ।


नेपालका गल्फकोर्ट विश्वमै उत्कृष्ट हुँदा हँदै पनि उचित ब्यवस्थापन नहुँदा सबै खेलाडीको पहुँच नपुग्ने गरुङले उल्लेख गरे । केहि बर्ष अघिसम्म राजकीय परिवारले मात्र खेलिने खेलको रुपमा लिईने गल्फ पछिल्लो समय ब्यवसायिक बन्दै गएको छ ।