तुलसी सिटौला  

आठराई । रेसिका श्रेष्ठ(दमन्ता)को हत्यारालाई कानून बमोजिम हदैसम्म कडाभन्दा कडा कारबाही गरिनुपर्ने माग सहित महिला अधिकार मन्च आठराई गा.पा १ सक्रान्ति बजारले ध्यानाकर्षण सहित सोमबार विभिन्न निकायमा ज्ञापन पत्र बुझाएको छ ।

गत साउन १४ गते हराएकी श्रेष्ठको १३ दिन पछी गत शनिवार  आठराईको सक्रान्ति बजार डाडॅागाउॅ स्थित आफ्नै पसल छेउमा सॅुगुरको खोरमा गाडीएको अवस्थामा फेला परेकाे थियाे । रेसिकाको हत्या आरोपमा फरार अवस्थामा उनका श्रीमान राजकुमार श्रेष्ठलाई  झापाको काकडभिट्टाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तेह्रथुममा हिरासतमा राखि   ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । रेसिकाको हत्या राजकुमारलेनै गरेको पुष्टि गरी प्रहरीले  सार्वजनिक गरिसकेको  छ ।


रेसिका  श्रेष्ठकी ८ वर्षीय  नाबालक छोरी   अभिभाबक विहिन भएककिले उसलाई पालनपोषण र उचित स्वास्थ्य शिक्षाको व्यवस्था मिलाउनुपर्ने, समाजमा हुने गरेका पारिवारिक  हत्या हिंसा रहित वातावरण सिर्जना गर्न पहल गर्नुपर्ने लगायतका माग राखी ज्ञापनपत्र बुझाइएको छ ।  महिला अधिकार मन्चले आठराई  गाउँपालिका, इलाका प्रशासन कार्यालय आठराई, इलाका प्रहरी कार्यालय सक्रान्ति बजार र जिल्ला प्रहरी कार्यालय तेह्रथुम लाई आकर्षण सहितको ज्ञापनपत्र बुझाएको हो। आठराई गा पा को सभाहलमा मृतक श्रेष्ठ प्रति श्रद्धान्जलि व्यक्त गर्दै हत्या हिंसा विरूद्ध कार्यक्रम गरी ज्ञापन पत्र बुझाएका हुन् ।

367737531_825875475848009_1286947301038975372_n

उक्त हत्या हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै बिभिन्न वक्ताहरुले महिलाहरु अरु माथि हुने यस किसिमका घटनाले सामाजिक विचलन ल्याउने र दोषीमाथि हदैसम्म कारबाही गरिनुपर्ने माग राखेका थिए।  त्यसैगरी यस्ता घटना फेरी पनि आठराई गाउँपालिका मा दोहोरिन नदिनका लागि आठराई गाउँपालिका लगायत सम्बन्धित निकायहरुले बेलैमा सचेत भएर ध्यान दिनुपर्ने सुझाब समेत दिएका थिए।

महिला अधिकार मन्च आठराई सक्रान्तिबजारकि अध्यक्ष यामुना भण्डारीको अध्यक्षता,आठराई  गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमको प्रमुख आथित्यता तथा वडा अध्यक्ष्यहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि एवं  आठराई गाउँपालिका भित्रका विभिन्न  स्थानबाट आउनुभएका महिला दिदीबहिनीहरूको उपस्थितिमा हिंसा विरुद्धको कार्यक्रम सम्पन्न भएको हो। 

कार्यक्रममा बोल्दै प्रमुख अथिति दिलकुमार  पाहिमले  हत्यारालाई हदैसम्म कारबाही गरिनुपर्ने तथा नाबालिकालाई गाउँपालिकाको तर्फबाट कानूनबमोजिम र स्थानीय स्वायत्त शासन संचालन ऐन बमोजिम गर्नसक्ने सहयोग गर्ने,आगामी दिनमा यस्ता घटना घटन नदिनका लागि विभिन्न चेतनामुलक कार्यक्रम गर्ने समेत बताउनुभयो।