तुलसी सिटौला (पाँचथर)

पाँचथरको हिलिहाङ गाउँपालिका अध्यक्ष रनिङ कप अन्तर पालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि फालेलुङले जितेको छ ।आज भएको फाइनल खेलमा आयोजक हिलिहाङलाई ३-० को सोझो सेटमा पराजित गर्दै फालेलुङले उपाधी जितेको हो ।उपाधिसँगै फालेलुङले  नगद रु एक लाख ११ हजार १ सय ११ सहित रनिङ्ग ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

bhaluchok 3


उपबिजेता हिलिहाङले ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यस्तै तेस्रो स्थान हासिल गर्ने कुम्मायक गाउँपालिकाले रू २५ हजार ५ सय ५५ रूपैया प्राप्त गर्यो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा याङवरक गाउँपालिकालाई कुम्मायकले पराजित गर्दै आफ्नो स्थान पक्का गरेको हो ।

bhaluchok1


त्यसै गरी विधागत तर्फ उत्कृष्ट सर्वर हिलिहाङका विवेक योङहाङ,उत्कृष्ट सेटर फालेलुङका अनिश खत्री,उत्कृष्ट ब्लकर हिलिहाङकै उपेन्द्र उप्रेति,उत्कृष्ट स्पाईकर कुम्मायकका पवन याक्सो,उत्कृष्ट लिब्रो फालेलुङका सन्दिप बिष्ट, उदयमान खेलाडी हिलिहाङका  वविन्द्र सुहाङ र सर्वोकृष्ट खेलाडी फालेलुङका  दिनेश खत्री घोषित भए ।सर्वोकृष्ट सबै खेलाडीले जनही रू २ हजार सहित  ट्रफि मेडल र प्रमाणपत्र प्रप्त गरेका छन।

bhaluchok 4

गत फाल्गुन ५ गते देखि ७ गते सम्म हिलिहाङ गाउँपालिका वडा नं १ पन्चमी भालुचोक स्थित माङसेवा  बोडिङ स्कुलको खेल मैदानमा सन्चालन प्रतियोगितामा ५ वटा टीमले सहभागि जनाएका थिए ।

हिलिहाङ गाउँपालिका अध्यक्ष समर ब. अधिकारीको अध्यक्षता,याङवरक गाउँपालिकाका अध्यक्ष भीम ब. योङयाको प्रमुख आथित्यता तथा विभिन्न क्षेत्रका व्यक्त्त्वहरूको आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो ।