तुलसी सिटौला (तेह्रथुम)


तेह्रथुमको आठराई  गाउँपालिका वडा नं ३ ह्वाकूमा सोमबार चट्याङ लागेर एक  व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ह्वाकू निवासी  ४५ बर्षका सागर थिङ्लाबु रहेका छन ।


करीब  दिउँसोको ३ः३० बजे ह्वाकूमै माङहिम बनाउँने गरीरहेका थिङलाबुलाई अचानक चट्याङको छर्रा लागि गम्भीर घाइते भए पछि उपचारका लागि जिल्ला अस्पताल पॉचथर लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सक्रान्ति बजारका प्रहरी नायव निरीक्षक दिपेन्द्र गौतमले जानकारी दिएका छन ।