बिर्तामोड २७ असोज । नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षको झापा २ मा अधिवेशन आज सम्पन्न भएको छ ।
अधिवेशले २ नंं. क्षेत्रीय सभापति सन्जु भारतीको नेतृत्वमा सर्वसम्मत समिती गठन गरेको छ ।
त्यसैगरी क्षेत्र नं. २ प्रदेश (क) सभापतिमा सपना डागी र प्रदेश (ख) मा निरज ढकालको नेतृत्वमा समिति गठन भएको छ ।
त्यसैगरी क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको पनि निर्वाचन सम्पन्न गरेको छ ।
निर्विरोध निर्वाचित महासमिति सदस्यहरुमा बिवेककेशरी प्रसाईं, हर्कलाल गिरी, कृष्ण हुमागाई, ओमकृष्ण बिमली र मदन बुढाथोकी रहनु भएको छ । उहाँहरु खुल्ला कोटाबाट निर्वाचित हुनुभएको हो ।
त्यसैगरी महिला खुल्ला कोटाबाट मिरा खडका र टीका मैनाली तथ समावेशी महिला कोटाबाट राधिका चुडाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यसैगरी समावेशी कोटाबाट दिपेन्द्र कार्की, नारायणप्रसाद पौडेल र अशोक चौधरी निर्वाचित हुनु भएको छ भने २८ बर्ष मुनीका नवयुवाबाट खुशी सिटौला र ४० बर्ष मुनीका युवाबाट प्रवेश बस्नेत चयन हुनुभएको छ
यश अघि भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनबाट बिवेककेशरी प्रसाईं, हर्कलाल गिरी, कृष्ण हुमागाई, ओमकृष्ण बिमाली, मदन बुढाथोकी पदमसुन्दर लामिछाने, बिष्णु खरेल, मेघराज ढकाल (राज), सिताराम सिटौला र दिपकिशर घिमिरे खुल्ला कोटाबाट निर्वाचित हुनु भएको थियो।
त्यसैगरी महिला खुल्ला कोटाबाट मिरा खडका, टीका मैनाली, पार्वता खरेल र शुसिला संग्रौला निर्वाचित हुनुभएको छ ।
त्यसैगरी समावेशी कोटाबाट दिपेन्द्र कार्की (दिपक), नारायणप्रसाद पौडेल युवराज दाहाल, भक्ति प्रसाद गौतम, नारायण भारती, राधिका चुडाल, गोमा दङ्गाल, अशोक चौधरी, पाण्डवलाल चौधरी, राजनारायण साह र टेक बहादुर सार्की निर्वाचित हुनु भएको छ
त्यसैगरी २८ बर्ष मुनीका नवयुवाबाट खुशी सिटौला र नैतिक अग्रवाल, ४० बर्ष मुनीका युवाबाट प्रवेश बस्नेत र अभिषेक रिजाल, प्रजातन्त्र सेनानी र द्वन्द्वपीडित कोटाबाट डिल्लीराम सिटौला र सुमन पोद्धर चयन हुनुभएको छ
त्यसैगरी बिज्ञबाट नारायणप्रसाद पौडेल र श्रमिक कोटाबाट देबीप्रसाद कार्की निर्वाचित हुनुभएको छ भने अपाङ्ग कोटाटाट भीम बहादुर चेम्जोङ्ग सर्वसम्मत निर्वाचित हुनुभएको छ । अन्य कोटाबाट दिपेन चौधरी र संजय न्यौपाने निर्वाचित हुनु भएको मतदान अधिकृत अनुषा चुडालले जानकारी दिनु भएको छ ।





























































