तेह्रथुम आठराई 

तुलसी सिटौला 

 पुस्तौ  पुस्ताका  लागि पुस्तकालय भन्ने मूल नाराका साथ आठराईको शारदा मा.वि. मा १६औँ  पुस्तकालय दिवस शुक्रवार  भव्यताका साथ मनाइएको छ।  आठराई गाउँपालिका वडा नं ६ चुहानडाँडामा रहेको शारदा मा. वि. को गोर्खा वेलफेयर ट्रष्टले नमुना भवन बनाइदिए पछि पहार ट्रस्ट  नेपालले करीव चार लाख लगानीमा पुस्तकालयको व्यवस्थापन गरिदिएको थियो।

उक्त पुस्तकालयको उद्घाटन पनि पुस्तकालय दिवसको अवसर पारेर गरिएको हो। आठराई गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विष्णुप्रसाद खनाल तथा वडा नम्बर ६ का वडाध्यक्ष कृष्ण प्रसाद बाँस्कोटाले उद्घाटन गर्नुभएको हो।  

पुस्तकालय दिवसको अवसरमा विद्यालयमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु समेत संचालन गरिएका  थिए।  स्थानीय बुद्धिजीवी समाजसेवी जनप्रतिनिधि लगायत उल्लेख्य अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा  कार्यक्रम सम्पन्न भएको हो। 

 दिवसको अवसरमा सदनात्मक नृत्य, पुस्तकालयको महत्व शीर्षकमा बक्तृत्वकला प्रतियोगिता, खुल्ला ट्राक  गायन प्रतियोगिता तथा अभिभावक लागि पुस्तक चिन्ने खेल समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले पुस्तकालयको भरपूर प्रयोग गर्दै ज्ञान र विज्ञानको क्षेत्रमा र देश विकासको लक्ष्यमा अघि बढ्ने जनशक्ति उत्पादन हुनुपर्ने कुरालाई जोड दिएका थिए। 

पुस्तकालयको पुनःनिर्माण तथा व्यवस्थापन पश्चात प्रत्येक कक्षाले प्रत्येक  पुस्तकालयमै गएर आफुलाई मन पर्ने  किताब पढ्ने बानीको विकाश भइ रहेको र यसलाइ निरन्तरता दिदै नमुना विद्यालय बनाउन सबै पक्ष लागि रहेको प्र अ भिम बहादुर आचार्यले बताउनु भयो।