तेह्रथुमको आठराई गाउँपालिका–६, सिमखर्कमा ५२ वर्षीया रूपा लिम्बुको विभत्स हत्या गरी फरार रहेका प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
२०८३ साउन ६ गते बुधबार गजेन्द्र लिम्बुकी श्रीमती रूपा लिम्बुको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या भएको घटनापछि फरार रहेका ३८ वर्षीय कृष्ण बहादुर पौठाकलाई जिल्ला प्रहरी कार्यालय पॉचथर तथा इलाका प्रहरी कार्यालय, सक्रान्तिबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
घटनापछि फरार रहेका पौठाकको खोजीका क्रममा प्रहरीले विशेष अभियान सञ्चालन गरेको थियो। सोही क्रममा उनलाई पाँचथरको हिलिहाङ गाउँपालिका–५, सुम्लिबुङमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका प्रतिवादीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, तेह्रथुम पठाउँने तयारी भइरहेको प्रहरीले जनाएको छ। ।प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।































































