तेह्रथुम। समृद्धि एण्ड ब्रदर्स अटो प्रालि फिदिमको आयोजनामा आठराईको सक्रान्ति बजारमा सञ्चालित ‘बजाज झ्याम्मै एक्सचेन्ज मेला’ मा पहिलो दिन मंगलबार नै १४ वटा मोटरसाइकल एक्सचेन्ज तथा बिक्री भएका छन्।


बजाजका नयाँ मोटरसाइकल खरिद तथा पुराना मोटरसाइकल एक्सचेन्ज गर्न सकिने गरी आयोजना गरिएको मेला भदौ १ गतेसम्म सञ्चालन हुनेछ। मेलामा ग्राहकलाई ५० प्रतिशत डाउन पेमेन्टमा ६० महिनासम्मको फाइनान्स सुविधा, आकर्षक डिस्काउन्ट, निःशुल्क हेल्मेट, अन-द-स्पट फाइनान्स तथा पुराना मोटरसाइकलको उच्चतम मूल्याङ्कनजस्ता सुविधा उपलब्ध गराइएको आयोजकले जनाएको छ।


मेलामा पल्सर १२५ सीसी  देखी पल्सर २२० सीसी सेग्मेन्टका२०२६ मोडलका बीएस–६ विभिन्न बजाज मोटरसाइकल उपलब्ध छन्।


मेलाको थप आकर्षणका रूपमा बजाजको विद्युतीय स्कुटर ‘चेतक ३५०१’ समेत प्रदर्शन र बिक्रीमा राखिएको छ। विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै चेतकबारे जानकारी तथा अवलोकनको अवसरसमेत मेलामा उपलब्ध गराइएको छ।


आयोजक समृद्धि एण्ड ब्रदर्स अटो प्रालिले मेलाको अवधिभर ५० भन्दा बढी मोटरसाइकल एक्सचेन्ज तथा बिक्री गर्ने लक्ष्य राखेको जनाएको छ। पहिलो दिनमै १४ वटा मोटरसाइकल एक्सचेन्ज तथा बिक्री हुनु उत्साहजनक सुरुवात भएको आयोजकको भनाइ छ।


पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ बजाज खरिद गर्न चाहने ग्राहकका लागि मेला उच्चतम मूल्याङ्कन, सहज फाइनान्स र आकर्षक अफरसहितको अवसर बनेको छ।