झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिक आज साँझ टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे १ क ६४३ नम्बरको गिट्टी लोड गरिएको टिपरले पैदलयात्री स्थानीय किशोर चापागाईकी १० वर्षीया छोरी अनुकृती चापागाईलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि आक्रोशित स्थानीयहरू घटनास्थल तथा बिर्ताबजार प्रहरी चौकीमा भेला भएका छन्। प्रहरीले टिपर चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी ५३ वर्षीय श्यामप्रसाद दाहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ। स्थानीयका अनुसार ट्रिपरले घाइते पालिकालाई ब्याक गरेर पुन खिची मारेको आरोप लगाएका छन्। ४०० भन्दा बढी स्थानीय घटनास्थलमा विरोध प्रदर्शन गरिरहेको र केही स्थानीयले प्रहरी चौकी वृत्त बजारमा घेरा हाली टिकट चालकलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्।































































