फिफा विश्वकप २०२६ को पहिलो क्वाटरफाइनलमा आज राति दुई शक्तिशाली टोली फ्रान्स र मोरक्को आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार यो खेल भोलि बिहान १:४५ बजे सुरु हुनेछ।

फ्रान्स यस विश्वकपमा उत्कृष्ट लयमा देखिएको टोली हो। समूह चरणमा प्रभावशाली प्रदर्शन गरेको फ्रान्सले नकआउट चरणमा पनि आफ्नो दबदबा कायम राख्दै अन्तिम आठमा स्थान बनाएको छ। राउन्ड अफ ३२ मा स्विडेनलाई ३–० ले हराएको फ्रान्सले प्रि-क्वाटरफाइनलमा पाराग्वेमाथि १–० को कठिन जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको थियो। यस विश्वकपमा फ्रान्सको आक्रमण निकै घातक देखिएको छ र उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ।

यता, अफ्रिकी च्याम्पियन मोरक्कोले फेरि एकपटक इतिहास रच्ने संकेत दिएको छ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको मोरक्कोले राउन्ड अफ ३२ मा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सनसनी मच्चायो। त्यसपछि प्रि-क्वाटरफाइनलमा क्यानडामाथि ३–० को प्रभावशाली जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो। अनुशासित रक्षापङ्क्ति, तीव्र काउन्टर आक्रमण र टिम स्पिरिट मोरक्कोको मुख्य बल बनेको छ। 

सन् २०२२ को विश्वकप सेमिफाइनलपछि यी दुई टोलीबीचको यो अर्को ठूलो भेट हो। फ्रान्स लगातार सेमिफाइनल पुग्ने लक्ष्यमा छ भने मोरक्को अफ्रिकी फुटबलको नयाँ इतिहास रच्ने अभियानमा रहेको छ। विशेषज्ञहरूले फ्रान्सलाई केही बलियो माने पनि मोरक्कोलाई कम आँक्न नसकिने बताएका छन्। 

अब हेर्न बाँकी छ—विश्व फुटबलको महाशक्ति फ्रान्सले आफ्नो दबदबा कायम राख्छ कि अफ्रिकाको गर्व मोरक्कोले अर्को चमत्कार गर्दै सेमिफाइनलको यात्रा तय गर्छ।

समूह चरणदेखि क्वाटरफाइनलसम्मको यात्रा, आज राति महाभिडन्त

फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा आज राति विश्व फुटबलका दुई उत्कृष्ट टोली फ्रान्स र मोरक्को आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार यो खेल भोलि बिहान १:४५ बजे सुरु हुनेछ। दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम आठमा स्थान बनाएका हुन्। 


???????? फ्रान्सको यात्रा


समूह ‘आई’


* ???????? फ्रान्स ३–१ ???????? सेनेगल

* ???????? फ्रान्स ३–० ???????? इराक

* ???????? फ्रान्स ४–१ ???????? नर्वे


फ्रान्सले समूह चरणका तीनै खेल जित्दै १० गोल गरेको छ भने केवल २ गोल मात्र व्यहोरेको छ। त्यसपछि राउन्ड अफ ३२ मा स्विडेनलाई ३–० ले हरायो र प्रि-क्वाटरफाइनलमा पाराग्वेमाथि १–० को कठिन जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो। 


???????? मोरक्कोको यात्रा


समूह ‘सी’


* ???????? मोरक्को १–१ ???????? ब्राजिल

* ???????? मोरक्को १–० ???? स्कटल्यान्ड

* ???????? मोरक्को ४–२ ???????? हैटी


मोरक्कोले समूह चरणमा अपराजित रहँदै अन्तिम ३२ मा स्थान बनायो। त्यसपछि राउन्ड अफ ३२ मा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो भने प्रि-क्वाटरफाइनलमा आयोजक क्यानडामाथि ३–० को प्रभावशाली जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको हो। 


अब विश्वकपको सबैभन्दा रोमाञ्चक खेलमध्ये एकमा फ्रान्स आफ्नो उपाधि यात्रालाई निरन्तरता दिन चाहन्छ भने मोरक्को फेरि एकपटक इतिहास रच्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ। विश्व फुटबलप्रेमीको नजर आज राति यही महाभिडन्तमा केन्द्रित हुनेछ। 


फ्रान्स र मोरक्कोबीच अहिलेसम्म कुल ६ खेल भएका छन्। ती खेलमा फ्रान्सले ४ जित निकालेको छ भने २ खेल बराबरीमा सकिएका छन्। मोरक्कोले फ्रान्सलाई हालसम्म नियमित समयमा हराउन सकेको छैन।  


खेलहरूको विवरण:


* ???? ५ फेब्रुअरी १९८८ – फ्रान्स २–१ मोरक्को (फ्रेन्च टूर्नामेन्ट)

* ???? २९ मे १९९८ – मोरक्को २–२ फ्रान्स (हसन द्वितीय कप)

* ???? २० जनवरी १९९९ – फ्रान्स १–० मोरक्को (मैत्रीपूर्ण खेल)

* ???? ६ जुन २००० – मोरक्को १–५ फ्रान्स (हसन द्वितीय कप)

* ???? १६ नोभेम्बर २००७ – फ्रान्स २–२ मोरक्को (मैत्रीपूर्ण खेल)

* ???? १४ डिसेम्बर २०२२ – फ्रान्स २–० मोरक्को (फिफा विश्वकप सेमिफाइनल)