सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले अब आफ्ना सदस्यहरूको माग बमोजिम १५ मिनेट भित्रमै सदस्यहरुलाई लगानी गर्ने भएको छ। सहकारी संस्था लिमिटेडको २९ औँ वार्षिक साधारण सभा अन्तर्गत शनिबार भएको सनिश्चरे सेवा केन्द्रको साधारण सभामा सो कुरा जानकारी गराइएको हो।

सहारा नेपालका उपनिर्देशक दिनेश बहादुर निरौलाले साधारण सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विभिन्न बहानाबाजी गर्दै ढिलासुस्ती गर्ने सहकारीको सो नियम तोड्दै सहाराले आफ्ना सदस्यहरूलाई सो सेवा प्रदान गर्ने नीति तथा कार्यक्रममै समेटिएको बताउनुभयो। 

शनिश्चरे सेवा केन्द्रका प्रमुख दीपक ओलीले सदस्यको व्यावहारिक आचरणलाई ध्यानमा दिँदै पाँच हजारदेखि १ लाखसम्म सदस्यले कार्यालयमा माग गरेको १५ मिनेटमै सदस्यलाई लगानी गरिने जानकारी दिनुभयो। साथै गरिबी निवारण अन्तर्गत समूहका सदस्यहरूलाई समेत ५ हजार देखि २५ हजार सम्म १५ मिनेटमै लगानी गर्ने जनाउनुभयो।

२९ वर्ष अगाडि केही सदस्यहरूले सुरु गरेको सहकारीमा अहिले देशकै सबैभन्दा धेरै सदस्य भएको सहकारी बन्न सहारा नेपाल सफल भएको छ। सो संस्थामा अहिले १लाख ९२ हजार २४० सदस्य रहेका छन्। कारोबारमा पनि सहारा नेपाल देशमै पहिलो नम्बरमा रहेको छ।

१ अर्ब ६९ करोड भन्दा बढी सेयर पुजी रहेको सहकारीमा कुल सम्पत्ति १८ अर्ब ५६ करोड ५८ लाखभन्दा बढी पुगेको छ। यस वर्ष संस्थाले १४ अर्ब १५ करोड ७६ लाखभन्दा बढी निक्षेप गर्न सफल भएको छ भने कर्जा तथा सापटीमा ११ अर्ब ४७ करोड२७लाख भन्दा बढी लगानी गरेको छ। संस्थाले यस वर्ष १ अर्ब८६ करोड १४ लाख भन्दा बढी आम्दामी गर्दा खर्चतर्फ १ अर्ब५४ करोड ८ लाख खर्च गरेको छ। यस वर्ष संस्थाले कुल नाफा ३२ करोड ५ लाख ९३ हजार गर्न सफल भएको छ। संस्थाको बाह्य ऋण शून्य रहेको छ।

संस्थाले आफ्ना सदस्यहरूलाई यसअघिदेखि प्रदान गर्दै आएको सेवा सुविधाहरु यथावत राखेको छ। भने नयाँ सुविधाहरू क्रमश अगाडि बढाउँदै लागेको छ।

सनिश्चरे सेवा केन्द्रले यस वर्ष परिबार राहात अन्तर्गत सदस्य गोकुल मिश्र को निधनमा निजको श्रीमति जानुका सेढाइलाइ २ लाख राहत प्रदान गरेको छ।भने कर्जा मिनाहा अन्तर्गत- समुहकी चन्द्रकला बर्देबाको निधनमा ३ लाख उहाँका छोरा बुहारिलाई र सदस्य सपना राजबशिको छोरा दिनेस राजबशिको निधनमा २लाख ऋण मिनाहा गरिदिएको छ। सोही कार्यक्रममा संरक्षित पुजि कोष फिर्ता अन्तर्गत उत्कृष्ट ऋणि अन्तर्गत सेयर सदस्य हरि प्रसाद तिवारी र उत्कृष्ट बचत तर्फ पुष्प बराललाई सम्मान गरिएको थियो।

 आज नै १७ जना सदस्य एकाइ साधारण सभाको माइन्युट हस्ताक्षरको लागि र २१ गते हुने अन्तिम माइन्युट हस्ताक्षरको लागि ३ जना सदस्यको पनि त्यही सभामा छनोट गरिएकाे छ ।

सभामा आएका गुनासाको हरु उतर उप निर्देशक दिनेश बहादुर निरौलाले दिनु भएको थिय ।सेवा केन्द्र सहयोग उप समिति सम्योजक छबिलाल सिवाकोटीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम मा जेष्ठ सदस्य सारदा भट्टराईकाे प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रममा सञ्चालक समिति सदस्य शंकर रिजालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सन्चालक समिती सदस्य हरि प्रसाद निरौला लगायत सेवा केन्द्रका सहयोग उप समिती सदस्यहरु को उपस्थिति रहेको थियो। कार्यक्रमकाे सचालन गिता अधिकारीले गर्नुभएको थियो।