युवा ब्यबसायी केदार नेपाल र रिना थापाको संयुक्त लगानी रहेको बालाजी बेभरेज उध्योग सञ्चालनमा आएकाे छ । बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित प्रगतिनगर टोलमा आज प्रदेश खानेपानी तथा ऊर्जा मन्त्री मन्त्री माननीय एकराज कार्कीद्वारा उद्योगको उद्घाटन गर्नुभएको छ।यस उध्योगमा चौका कोला,मास्टर ड्यु,निम्बुपानी जस्ता पेय पदार्थ उत्पादन रहने सञ्चालक थापाले बताउनुभयो।

अहिले बजारमा विभिन्न प्रकारका पेय पदार्थहरू पाइन्छन्। तीमध्ये बालाजी बेभरेजले उत्पादन गरेका पेय पदार्थहरू उत्कृष्ट र गुणस्तरीय रहेको अर्का सञ्चालक नेपालले दाबी गर्नुभएकाे छ ।
४ करोडभन्दा बढीको लगानीमा स्थापित उद्योगले २०० एमएलदेखि डेढ लिटरसम्मको बोटलमा उत्पादन गर्दै आएको छ। बजार मूल्यभन्दा सस्तो मूल्यमा बजारमा पाउनेभन्दा गुणस्तरीय पेय पदार्थ बिक्री गरिने सञ्चालकको दाबी छ।

स्वरोजगारका लागि नेपाली युवाहरू विदेशिने क्रम बढिरहेको अवस्थामा उद्योगले सुरुमै २० जनालाई रोजगारी दिएको जनाएको छ । स्वदेशमै केहि गरौँ भनेर लगानी गर्ने उद्योगीहरूलाई राज्यको तर्फबाट भरपुर सहयोग गर्न आफू तत्पर रहेको प्रतिबद्धता जाहेर गर्नुभएको छ। उद्योगले पहिलो चरणमा कोशी प्रदेशलाई प्रमुख बजार बनाएको छ भने त्यसपछाडि बजार विस्तार गर्दै लगिने जनाएको छ।





























































