बिर्तामोड
जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते गते इलाका प्रहरी कार्यालय दमक बाटा लुटिएका हतियार फेला पारिएको छ। तोडफोड आगजानी तथा प्रहरीको हातहतियार लुटपाट गरी फरार रहेका व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा विषेश सुचनाको आधारमा मिति मङ्गलबार जिल्ला झापा दमक नगरपालिका वडा नं. ०६ स्थितबाट एक व्यक्ति पक्राउ परेका थिए। पाँचथर मिक्लाजुङ गा.पा. वडा नं. ०३ बस्ने बुद्धिमान फियाक (लिम्बु) को छोरा अं. बर्ष २२ को सुशिल फियाक (लिम्बु) लाई पक्राउ गरीएकाे थियाे । प्रारम्भिक सोधपुछ गर्दा निजले निम्न हतियारहरु पाँचथर मिक्लाजुङ गा.पा. वडा नं. ०३ आरुबोटे लामागाउँ स्थित ओडारमा लुकाई छिपाई राखेको छु भनी बताए पश्चात जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्र.नि. नबिन राईको कमाण्डमा प्रहरी टोलीले खोज तलास तछा अनुसन्धान गरेको थियो। प्रहरीको टोलीले निम्न हातहतियार तथा गोलीगठ्ठाहरु कानून बमोजिम बरामद गरेको जनाइएको छ। निज व्यक्तिलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कारवाहीको प्रकृया अगाडी बढाईकाे जनाइएको छ।
बरामद भएका हतियारहरू यस प्रकार छन्।
१. सिरियल नम्बर 62038 भएको म्याग्जिन सहितको .303 मार्क 3 राईफल थान-१ (एक) ।
२. सिरियल नम्बर 031102739 भएको म्याग्जिन नभएको बट र ह्याण्ड ग्रिप जलेको अवस्थामा रहेको ईन्सास थान- १ (एक) ।
३. ईन्सासको जंगी राउण्ड थान-१ (एक) ।
४. SLR को जंगी राउण्ड थान-३ (तीन) ।































































