काठमाडौँ । प्रतिनिधिसभा विघटनलाई आठ राजनितिक दलले असंवैधानिक भनेका छन् ।शनिबार संयुक्त रूपमा प्रेस विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको प्रहार भएको उल्लेख गरेका छन् ।

आठ दलले विघटनले जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको पनि जनाएका छन् । दलहरूले विज्ञप्तीमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग समेत गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।