भद्रपुर, बैशाख ६ । प्रतिस्पर्धात्मक प्रतियोगितामा चर्च ब्वाइज युनाइटेडसामु स्तब्ध बन्दै भुटानको थिम्पु सिटी फुटबल क्लब पहिलो खेलबाटै घर फर्किएको छ । ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपको दोस्रो दिनको खेलमा चर्च ब्वाइज ३–२ गोल अन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको २७ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता बनायो । भुटानकी गोलकिपर अगाडि बढेको अवस्थामा चर्च ब्वाइजकी मरियम खातुनले दायाँ बार च्याप्दै डिबक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो ।
पहिलो हाफको अतिरिक्त समयमा खातुनले नै दोस्रो गोल थपिन् । वर्षा ओलीले मिलाइदिएको पासमा खातुनले प्रहार गरेको एक्रोब्याटिक प्रहारले भुटानका खेलाडीलाई टच हुँदै गोल भएको थियो ।
पहिलो हाफ २–० को अग्रता बनाएको चर्चले दोस्रो हाफको ४४ औँ मिनेटमा पहिलो गोल खायो । भुटानकी रोता राईले चर्चकीे गोलकिपरलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।
भुटानले अर्काे गोल उपहारमार्फत पायो । ५८ औँ मिनेटमा प्रिया घलेको क्रसलाई चर्चकी डिफेन्डर मनिता तामाङले क्लियर गर्न खोज्दा गोल भएको थियो । ७९ औँ मिनेटसम्म चर्चसँग २–२ को बराबरी खेलेको भुटानले खेलमा अन्तिम गोल डिफेन्डरको गल्तीमा खायो ।
मैदानको मध्य भागमा पाएको बललाई वर्षा ओलीले गोलकिपरलाई बिट गर्दै गोल गरेकी थिइन् । उनकै गोलको मद्दतले चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
खेलको प्लेयर अफ द म्याच विजेता चर्च ब्वाइजकी मरियम खातुन भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि सोमबारको खेल नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच हुने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन्
ताजा
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु































































