विर्तामोड, ११ बैशाख ।
लोकतन्त्र दिवसको अवसर पारेर झापा बिर्तामोडको मेची भद्रपुर प्रकाशन प्रशारण प्रालिद्वारा सञ्चालित रेडियो भिजनले नागरिक अधिकार र राज्यको सीमा बिषयक कार्यक्रम गरेको छ । रेडियो भिजिनले आज बिर्तामोडमा पत्रकार, बिद्यार्थी संगठनका नेता, कर्मचारीका नेता र स्थानीय तहका प्रमुखसँग उद्बोधन कार्यक्रम गरेको हो ।
स्थापनाकालदेखि नै कोशी प्रदेशका जनसमुदायको आवाजलाई प्रतिनिधित्व गर्दै सामाजिक र आर्थिक चेतना विकासमा समर्पित रहँदै आएको रेडियोले सोही अवसर पारेर टेवल क्यालेण्डरसमेत सार्वजनिक गरेको छ ।
मेची भद्रपुर प्रकाशन प्रशारण प्रालिका सदस्य माधव बिद्रोहीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रसार्इं, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, अनेरास्ववियु कोशी प्रदेश अध्यक्ष नारायण पोखरेल, अनेरास्ववियू (क्रान्किारी) का कोशी प्रदेश सचिव राजन चापागाँई, नेपाल बिद्यार्थी संघ (नेविसंघ) झापा अध्यक्ष संजय निरौला, नेपाल निजामती संगठनका केन्द्रीय सदस्य वशिष्ठ अधिकारी लगायतले आ–आफ्नो भनाई राख्नुभयो ।
उहाँहरुले बर्तमान समयमा राज्य पक्षबाट नागरिकका हकअधिकारमाथि भएका दमन तत्काल बन्द गर्नुपर्ने बताउनुभयो । बक्ताहरुले नागरिक, बिद्यार्थी, कर्मचारीका हकअधिकारका लागि स्थापना भएका संघसंगठन खारेज गर्नु राज्यको दम्भ भएकाले त्यस्ता निर्णय तत्काल खारेज गर्न आग्रहसमेत गर्नुभयो ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सरकारी बिज्ञापन सरकारी मिडियालाई मात्र दिनु पर्ने निर्णयले सरकार तानाशाही भएको पुष्टि भएको बताउनुभयो । टेण्डरका सूचना सरकारी मिडियालाई दिनु पर्ने भनेर राज्यले गरेको सर्कुलरलाई आधार बनाएर केही स्थानीय तहले स्थानीय मिडियालाई समेत दिन नमिल्ने भास्य निर्माण गरेकोप्रति आपत्ति जनाउनुभयो ।
स्वागत तथा कार्यक्रमको औचित्यमाथि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा रेडियो भिजनका सञ्चालक सुव्रत न्यौपानेले प्रकाश पार्नु भएको थियो ।
ताजा
यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रा. डा. सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा
श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते
नेपालमै पहिलोपटक बिर्तामोडमा दुवै घुँडाको सफल शल्यक्रिया, स्पाइनल एक्स हस्पिटलको दुर्लभ उपलब्धि
बिर्तामोड नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण
झापामा भीषण हावाहुरीको कहर : घर उडाए, उद्योग तहसनहस, बिजुली पोल ढले, लाखौँको क्षति
फिल्मको हिरोझैँ देखिने पालिका अध्यक्ष बाबुराम खड्काको फुटबल मोह
उपाधि चुम्न सफल वडा नं ३
बिर्तामोडमा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम भोलिसम्म सञ्चालन हुने