पाँचथर याङवरक गाउँपालिका–१ च्याङथापू बिरुवा टोलका ९ वर्षीय शिशिर र ६ वर्षीया नानुमा राई साउन १५ गतेदेखि बेपत्ता भएका थिए ।

बेपत्ता नाबालक सोमबार बिरुवा खोला किनारमा मृत अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएका छन ।

बिर्खबहादुर राईले आफ्ना छोराछोरीलाई १५ गते बिहान बाजेबजुको घरमा खाना खाएर विद्यालय जान भनेका थिए तर उनीहरू घर नपुगी हराएका थिए। 

शिशिर श्री पूर्ण आधारभूत विद्यालयको कक्षा ४ र नानुमा कक्षा १ मा अध्ययनरत विद्यार्थी हुन ।