झापाको कमल गाउँपालिकामा ढुंगा प्रहारबाट एकजनाको हत्या भएको छ ।हिजो साँझ ५.३० बजे कमल गाउँपालिका वडा न. ४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्यबिक्रम लिम्बू र सोही ठाउँ बस्ने ३७ वर्षीय देबेन्द्र लावती दुबै जनाले मादक पदार्थ सेवन गरी एकआपसमा विवाद गरेका थिए । त्यसक्रममा देवेन्द्र लावतीले ढुंगाले टाउकोमा प्रहार गर्दा सूर्यबिक्रम लिम्बू घाइते भएका थिए ।
घाइतेलाई लाईफलाईन अस्पताल दमकमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको छ । कुटपिट गर्ने लावतीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।