तुलसी सिटौला,तेह्रथुम
जिल्ला प्रहरी कार्यालय झापाले १ लाख रुपैया नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ ।
आइतबार साँझ मेचीनगर नगरपालिका ६ काँकरभिट्टाको नेपाल बैंक अगाडिबाट तेह्रथुमको फेदाप गाउँपालिका-२ ओयाक्जुङ नेवई बस्ने गणेश भारतीलाई पक्राउ गरिएको हो ।
शंकास्पद हिडडुल गरिरहेको अबस्थामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई चेकजाँच गर्दा उनको साथबाट नेपाली नोट १ हजार दरको १ सय थान र एउटा मोबाइल बरामद गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा प्रिन्ट गरिएको खोटा नोट मुद्रा फेला परेकोले उक्त मुद्रा र भारतीलाई नियन्त्रणमा लिईएको हो ।
भारतीलाई मुलुकी फौज्दारि संहिता २०७४ अन्तरगत खोटाचलन कसुरमा अनुसंधान गर्न जिल्ला अदालतबाट दिन ५ म्याद लिएर अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।