बिर्तामोड । झापाको बिर्तामोडमा एडभान्स पिन स्पेसलिस्ट क्लिनिक सञ्चालनमा आउने भएको छ । आगामी शनिबारबाट सञ्चालनमा आउने क्लिनिकले ठूलो समस्याको रुपमा रहेको दुखाइलाई कम गर्ने लक्ष्यका साथ क्लिनिक सञ्चालनमा ल्याउने जनाइएको छ।
झापाका चारजना वरिष्ठ चिकित्सकहरूको लगानीमा क्लिनिक सञ्चालनमा आउने जनाइएको छ। दुखाई सम्बन्धी फरकफरक विधामा अनुभवी डक्टरहरूले सेवा दिने आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
बिर्तामोड १ मा स्थित शो क्लिनिकबाट डाक्टर निरु नेपाल ,डाक्टर पुष्कर रेग्मी ,डाक्टर मुस्कान श्रेष्ठ र डाक्टर कविर श्रेष्ठले दैनिक सेवा दिने जनाइएको छ ।
कुनै पनि दुखाइलाई लामो समयसम्म शरीरमा रहन्छ अथवा तीन महिना वा सोभन्दा बढी हुने शरीरको दुखाई दीर्घकालीन दुखाई हो। यस्तो दुखाइले बिरामीको दैनिक जीवनमा ठूलो असर पार्न सक्छ। शारीरिक दुखाई सँगै मानसिक तनाव थकान निन्द्राको समस्या र डिप्रेसन ल्याउन सक्छ सो विधामा उनीहरुले सेवा दिने जनाएका छन् ।
क्लिनिकबाट नसा सम्बन्धी दुखाइ क्यान्सरको दुखाइ मांसपेशी र हाडजोर्नेको दुखाई टाउको तथा अनुहारको दुखाइ शल्यक्रिया पछिको दुखाई मेरुदण्डको दुखाई र खेलकुदबाट हुने दुखाई लगायतबाट मुक्ति पाउन सकिने डाक्टर निरु नेपालले बताइन्।
एडभान्स पेन स्पेसलिस्ट क्लिनिकबाट पूर्व क्षेत्रमै पहिलोपटक यस्तो सेवा दिन लागिएको छ। जहाँ विशेषज्ञ पेन फिजिसियन डाक्टरहरूबाट उपचार हुने गर्दछ। शो क्लिनिकबाट अत्याधुनिक उपकरणसहित अल्ट्रा साउन्ड गरिनाका साथै दुखाई व्यवस्थापनमा फिजियोथेरापी सेवासमेत उपलब्ध गराइएको जनाइएको छ।