बिर्तामोड 

पौष १६

 आदर्श स्कुल अफ मेनेजमेन्ट ,बिर्तामोड को आयोजना ,बिर्तामोड नगरपालिका वार्ड न .०३ को समन्वय तथा सुरुवाती कोठा नेपाल ,झापा को सम्योजन मा १५ दिने निसुल्क बारिस्टा तथा सुसि तालिम शुरु भएको छ। वार्ड का युबा हरुलाई ब्यबहारिक तथा व्यावसायिक सिप दिने उदेश्य ले तालिम शुरु गरिएको आयोजक सस्था का डाइरेक्टर सन्जोग खरेल ले बताउनु भयो। यो सीप सिक्न बीस हजार सम्म पर्ने भएता पनि वार्ड का युबा लाई प्रोत्साहन स्वरुप का साथै स्कुल को सामाजिक उत्तरदायित्व लाई बहन गर्न कार्यक्रम गरिएको डाइरेक्टर खरेल ले बताउनु भयो। बिर्तामोड वार्ड  ३ का तिस जना युबा को प्रत्यक्ष सहभागीता रहेको छ। कार्यक्रम को सुरुवात मा वार्ड न ३ की जनप्रतिनिधि लक्ष्मी रोक्का ले युबा ले यसरी निसुल्क पाएको तालिम लाई पुर्ण रुपमा सिकाई मा उत्तार्न आग्रह गर्नु भयो । तालिम मा सेफ मनिष अर्याल उपाध्यय ,सुमन मगर ले तालिम दिनु हुने आउटरिच कोर्डिनेटर ,आदर्श स्कुलका दिपक दासले बताए ।