काठमाण्डाै – सिरहाको सलहेश युवा क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड प्रथम झापा कप फुटबलको फाइनलमा पुगेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी मैदानमा आज भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले सलहेशलाई १–० गोलले हरायो । चर्च ब्वाइजका लागि विदेशी खेलाडी अर्मन्डले गोल गरे ।
झापा कपको दोस्रो सेमिफाइनमा भोलि सुनसरीको राष्ट्रिय जागृति क्लब र काठमाण्डौको एनआरटी क्लब खेल्दैछन् । झापा–११ फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल आउँदो सोमवार हुनेछ ।
प्रतियाेगिताकाे विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।






























































