रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्ट्स क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड प्रथम झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी मैदानमा आज भएको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइजले गोर्खा ब्वाइजलाई ३–० गोलले हरायो । चर्च ब्वाइजका दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे ।
यसअघि सिरहाको सलहेश युवा क्लब, इटहरीको राष्ट्रिय जागृति क्लब झापा कपको क्वाटरफाइनमा पुगिसकेका छन् । प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा भोलि काठमाण्डौको एनआरटी क्लब र काठमाण्डौ जिल्ला लिग विजेता चित्लाङ फुटबल क्लब खेल्नेछन् ।
झापा–११ फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिता यही पुस ८ गतेसम्म चल्नेछ । विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।






























































