बिर्तामोड । केहीदिन अघि महानन्द चोकमा हत्या गरिएकी इलाम सूर्योदयकी मनिषा लोहारलाई प्रेमीले सब्जी काट्न ल्याइदिएको चक्कुले प्रहार गरेको खुलेको छ ।
भदौ २८ गते साँझ ६:४० बजे लोहारको अर्जुनधारा नगरपालिका वडा नम्बर-६ महानन्द चौकमा हत्या भएको थियो । कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर-३ बस्ने २० वर्षीय अनिल बिकले १९ वर्षीया लोहारको चक्कु हानी हत्या गरेका थिए ।
घटना भएको समयमा स्थानीयले प्रतिकार गर्दा गम्भीर घाइते भएका बिक उपचार पश्चात डिस्चार्ज भइसकेको र प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।
कसरी भयो घटना ?
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा दुई वर्ष अघि सामाजिक सञ्जालमार्फत बिक र लोहारको चिनजान भएको खुलेको छ । बिस्तारै उनीहरूको चिनजान प्रेममा परिणत भएको थियो । कैलाली घर भएपनि विकको परिवार भारतमा बस्दै आएको छ । बिक सिलिगुडीमा कपडा पसलमा मार्केटिङको काम गर्दै आएका छन् । यस अघिपनि लोहार र विकको बेला बेला भेट्घाट हुँदै आएको थियो ।
छिट्टो रिसाउने र प्रतिक्रिया देखाउने विकको स्वभाव मनिषालाई मन परेको थिएन । उनको स्वभाव कै विषयमा उनीहरू बिच विवाद हुने गरेको थियो ।
घटना भएको दिन अनिल मनिषालाई भेट्न सिलिगुडीबाट आएका थिए । मनिषालाई सब्जी काट्न चक्कु समेत लिएर आएका अनिल छिटै बिर्तामोड आएकोले घुम्न गएका थिए । बिर्तामोडस्थित त्रिवेणी एचआर मेनपावरमा काम गर्दै आएकी मनिषाको छुट्टी भएपछी उनीहरू अटो चढेर मनिषाको कोठा बिर्तामोड-५ पाथीभरा टोलतर्फ लागेका थिए । अटोमा आउँदा नै उनीहरू बीच सामान्य विवाद भएको थियो । बाटोमा विवाद नगरौं कोठा मै गएर कुरा गरौं भन्ने अनिलको प्रस्तावमा मनिषाले कोठामा गएर जथाभावी बोल्ने र अरूले सुन्ने भन्दै इन्कार गरेकी थिइन् । त्यत्तिकैमा आवेगमा आएका अनिलले तरकारी काट्न ल्याइदिएको चक्कु निकालेर मनिषामाथि अन्धधुन्ध वर्षाउँछन् । शरीरको विभिन्न भागमा चक्कु प्रहारबाट सख्त घाइते मनिषालाई बीएण्डसी अस्पताल पुर्याईएपनि उनको मृत्यु भइसकेको हुन्छ ।
ताजा
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु































































