झापा जिल्लास्तरीय भेट्रान्स टेबल टेनिसको उपाधि प्रकाश राईले जितेका छन्। झापा जिल्ला टेबुल स्टेनिस सङ्घको आयोजनामा भएको प्रतियोगितामा जिवेस ओलीलाई ३-०को सोझो सेटमा पराजित गर्दै राईले उपाधि जितेका हुन्। राईले ओलीलाई पहिलो सेटमा १०- १२ दोस्रोमा ९-११ र तेस्रो सेटमा ८-११ ले पछि पार्दै उपाधि जितेका हुन्।

IMG-20260103-WA0052

प्रतियोगितामा तेस्रो स्थानमा मिलन शाक्य भएका छन्। भेट्रान्स महिलातर्फ जमुना राई प्रथम र कुसुम कोइराला द्वितीय भएका थिए।

झापा जिल्ला भरबाट २२ जना प्रतिनिधि योगीहरूले प्रतिस्पर्धामा भाग लिएका थिए। केही दशकदेखि सुस्ताएको टेबल टेनिस खेललाई चलायमान बनाउने उद्देश्यले झापा जिल्ला टेबल टेनिस संघले प्रतियोगिता आयोजना गरेको थियो। मनकामना फ्रूट एण्ड  बेभरेजकाे मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।

IMG-20260103-WA0100

कार्यक्रममा प्रमुख अतिथि रहेका झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले खेल मार्फत राष्ट्रलाई चिनाउन र व्यक्तित्व विकासका लागि महत्त्वपूर्ण योगदान हुने बताउनुभयो। सरकारले टेबल टेनिस खेललाई महत्व नदिएको समेत उहाँले आरोप लगाउनुभयो। निजी क्षेत्रको सहयोगमा आयोजित प्रतियोगिताले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभएको थियो।

IMG-20260103-WA0110

झापा जिल्ला टेबल टेनिस संघका अध्यक्ष सन्तोष अग्रवाले यसै वर्षमा झापा जिल्ला स्तरीय मेयर कप बिर्तामोडमा सम्पन्न गर्ने जानकारी दिनुभएको छ।

अग्रवालले निकट भविष्यमै मेयरमान स्मृति प्रतिष्ठानको जग्गामा टेबल टेनिसको छुट्टै कबडहल निर्माण गर्ने लक्ष्य लिएको समेत बताउनुभएको छ। प्रतिष्ठानले जग्गा उपलब्ध गराइसकेको र रकम जुटाई कबडहल निर्माण गर्न कार्य अगाडि बढिसकेको उहाँले जानकारी दिनुभयो । प्रतिष्ठान समापनको अवसरमा खेलाडीहरूलाई मनकामना फ्रुट एन्ड वेभरेजका प्रबन्ध निर्देशक कृष्ण गिरी, सितेरियाे करातेका अन्तर्राष्ट्रिय रेफ्री मिलन प्रसाई लगायतले खेलाडीहरूलाई कप तथा मेडल प्रदान गर्नुभएको थियो। कार्यक्रमको संयोजन विपिन तुलाधर उदासले गर्नुभएको थियो।