काठमाडौँ । कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतले विराटनगर किङ्सले जनकपुर बोल्टमाथि रोमाञ्चक जित हात पारेको छ।
१३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले ९ विकेट गुमाएर १२६ रन बनायो।
जनकपुरका लागि जोन निकल इटनले सर्वाधिक ४१ रन बनाए। लाहिरू मिलन्था २३, सन्जय कृष्णमूर्ती २०, आशिफ शेख १३, अनिल शाह र मयन यादव समान चार/चार रन, संगीत कुरे र आदित्य महता शून्यमा आउट भए।
विराटनगरका लागि कप्तान लामिछानेले चार ओभरमा ११ रन दिँदै चार विकेट लिए। सूर्य तामाङ दुई र शुभम रन्जने र मर्चेन्ट द लेंगेले समान एक एक विकेट लिए।
नेपाल प्रिमियर लिगको आजको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले ७ विकेट गुमाएर १३५ रन बनाएको थियो। विराटनगरका लागि शुभम रन्जनेले सर्वाधिक ३७ रन बनाए भने बसिर अहमदले ३६ रन बनाए। लोकेश बम २८, जर्ज मुन्से १० र मार्टिन गुप्टिलले १३ रन बनाए। नारायण जोशी दुई रन बनाएर आउट भए भने मर्चेन्ट द लेंगेले खाता खोल्न सकेनन्।
प्रतिश जिसी २ रन र सन्दीप लामिछाने १ रनमा नटआउट रहे।
विराटनगरलाई सस्तैमा समेट्न जनकपुरका लागि संगीथ कुरे र रूपेश सिंहले समान दुई दुई विकेट लिए भने आदित्य महताले एक विकेट लिए।
पहिलो खेलमा पोखरा र दोस्रो खेलमा काठमाण्डुविरुद्ध फराकिलो जित निकालेको थियो। यता, साबिक विजेता जनकपुर पहिलो खेलमै काठमाण्डुसँग ५ विकेटले स्तब्ध बनेको थियो।
यी दुईबीच गत संस्करण उद्घाटन खेलमा भेट भएको थियो। जहाँ जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो।































































