काठमाण्डौ – पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
श्रीलंकाको कोलम्बोमा आज भएको खेलमा पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर भेट्टायो । त्यसअघि कोलम्बोको पिसारा ओभल क्रिकेट मैदानमा पाकिस्तानले ६ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।
अव नेपालले भोलि उपाधिका लागि भारतसँग खेल्ने छ । भारतले हिजो सेमिफाइनलमा अष्ट्रेलियालाई हराउँदै फाइनलमा पुगिसकेको छ ।































































