काठमाण्डाै – दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) नेपालभित्र 'कान्तिपुर म्याक्स एचडी' बाट प्रत्यक्ष प्रसारण हुने भएकाे छ ।
भाेलिदेखि शुरू हुने एनपीएलका खेलहरू नेपालका दर्शकका लागि 'कान्तिपुर म्याक्स' बाट प्रत्यक्ष प्रसारण हुने भएकाे हाे । विदेशमा भने 'स्टार स्पाेर्ट्स' बाट एनपीएलकाे प्रत्यक्ष प्रसारण हुनेछ । यस्तै एनपीएलकाे ओटीटी प्रसारण अधिकार 'डिशहाेम गाे' ले पाएकाे छ ।
एनपीएलकाे उद्घाटन खेलमा भाेलि दिउँसाे ४ बजे कीर्तिपुरकाे त्रिवि क्रिकेट रङ्गशालामा अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्नेछन् । यस पटक एनपीएल फ्ल्डलाइटमा पनि हुनेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल मङ्सिर २७ गते शनिवार हुनेछ ।






























































