झापा । नेपालले मलेसियामा जारी आइसिसी यु–१८ महिला टी–२० विश्वकपमा खराब सुरुवात गरेको छ । मलेसियाको वाइएसडी युकेएम ओभलमा शनिबार भएको समूहको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भयो । जितका लागि ५३ रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । बङ्गलादेशका लागि सदिन इस्लामले सर्वाधिक १६ रन बनाए । कप्तान सुमैक्या अख्तरले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।बलिङमा रचना चौधरी, रिया शर्मा, सिमाना केसी र कप्तान पूजा महतोले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १८.२ ओभरमा सवै विकेटको क्षतिमा ५२ रनममा समेटिएको थियो । नेपालका लागि साना प्रविनले सर्वाधिक १९ रन बनाए । सिमाना केसीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपाललाई सस्तैमा समेट्न बङ्गलादेशकी जन्नातुल मोउआले दुई तथा निशिता अख्तर निशी, फहोमिदा चोया, मस्ट अनिशा अख्तर सोबाले एक एक विकेट लिए । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् । नेपालले समूह चरणको दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ । तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ । विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् ।
ताजा
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
कनकाईमा दर्दनाक दुर्घटना : बाबु–छोरीको मृत्यु, आमा जीवनमृत्युको संघर्षमा
झापामा ठूलो स्वीप अपरेसन : ६८ जना नियन्त्रणमा, करिब २० ग्राम खैरो हेरोइन बरामद
मेची खोलाबाट नेपाल प्रवेश गर्दै गरेका बंगलादेशी नागरिक पक्राउ
यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रा. डा. सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा
श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते
नेपालमै पहिलोपटक बिर्तामोडमा दुवै घुँडाको सफल शल्यक्रिया, स्पाइनल एक्स हस्पिटलको दुर्लभ उपलब्धि