कोशी प्रदेकै व्यवसाय चलायमान बनाउने उद्यस्यले बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यपार महोत्सव २०८१ हुने भएको छ ।
अर्थतन्त्रलाई चलायमान बनाउँदै व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजनामा बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुन लागेको हो।
महोत्सवले सानादेखि ठूला व्यवसायी र आम उपभोक्तालाई एउटै थलोमा जुट्ने अवसरका रुपमा यो महोत्सवलाई लिएको वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले बताएका छन् ।
महोत्सव माघ ८ गते देखि १९ गते सम्म बिर्तामोड ५ स्थित धर्मकांटा उत्तरमा रहेको खालि जमिनमा आयोजना हुनेछ ।
महोत्सवलाई मुख्यतया चार भागमा विभाजन गरिएको छ। जसमा प्रदर्शनी तथा बिक्री कक्ष सांस्कृतिक तथा सांगितिक क्षेत्र बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहनेछन्। प्रभावकारी प्रदर्शन कक्षमा अलग अलग परिसर बनाई अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक तथा आइटी निर्माण सामग्री ,अन्तर्राष्ट्रिय औद्योगिक उपकरण कृषि तथा जडीबुटी पर्यटन सम्बन्धी दैनिक उपभोग्य वस्तुहरु, हस्तकला तथा तयारी पोशाक तथा जुत्ता चप्पल प्रदर्शनमा रहनेछन् ।त्यसैगरी मेलामा बंगलादेश पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता रहनेछ मेला व्यवस्थापन समिति का सम्योजक विशाल थापाले बताए।
मेलालाई आकर्षक बनाउनका निम्ति मुलुकका चर्चित कलाकारहरू तथा विभिन्न ब्यान्डको आकर्षक प्रस्तुति दैनिक रहने समेत जनाइएको छ।
महोत्सवमा विभिन्न प्रकारका १५० भन्दा बढी स्टल रहने छ । महोत्सवबाट करिब १५ लाख रुपैयाँ बाणिज संघले बचत गर्ने लक्ष्य लिएको वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताएका छन्।
उनले महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि उद्योगपति व्यापारी स्थानीय निकाय विभिन्न राजनीतिक दल प्रहरी प्रशासन झापामा क्रियाशील विभिन्न संघसंस्था तथा समस्त आम नागरिकहरूको सक्रिय सहभागिता र सहयोगको लागि अपिल समेत गरेका छन्।।