काठमाडौँ । बालगायक सचिन परियारको बिहीबार बिहान निधन भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार निमोनियाका कारणले उनको निधान भएको हो । अस्पताल स्रोतका अनुसार उनी करिब ४ देखि ५ दिन अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत थिए । ‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ । भाइरल बाल गायकका रूपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।हास्य शृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको  ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत गीत चर्चित छन् ।