बिर्तामोड । गुणस्तरिय र सबैभन्दा सस्तो पोषाक तथा सामग्री बिक्री गर्ने उद्येश्यले बिर्तामाेडमा  केटिएम सिटीको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।’मोजादेखि टोपीसम्म’ नारासहित सबै प्रकारका सामग्री उपलब्ध गराउँदै आएको कम्पनीले १९० देखि २ हजार १९० रुपैयाँसम्मका उत्पादन बजारमा ल्याएको छ । बिर्तामोडको शोरुम उद्घाटनको अवसरमा १० प्रतिशत छुट र एउटा आकर्षक टि–सर्ट उपलब्ध गराउने सिटौलाले जानकारी दिएका छन् ।  नेपाल र भारतमा खेलकुदका पोषाक तथा सामग्री बिक्री गर्दै आएको केटिएम सिटीले झापाको बिर्तामोडमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । नेपालमा उत्पादन तथा बिभिन्न स्थानमा शोरुम स्थापना गरेर कपडा बिक्री गर्दै आएको केटिएमले पूर्वको व्यापारिक हब बिर्तामोडमा शोरुम सञ्चालनमा ल्याएको हो । 

शोरुमको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले एक समारोहकाबिच उद्घाटन गरेका छन् । व्यवसायी मनोज सिटौला र बिशाल भण्डारीको २ करोडको लगानीमा शोरुम सञ्चालनमा आएको बताइएको छ । 

सुलभ मुल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउँदै आएको केटिएमको काठमाण्डौ उपत्याकामा १४ वटा शोरुम सञ्चालनमा छन् । उपत्याका बाहिर चितवन, बिर्तामोड  दमक, सोलुखुम्बु र पोखरामा शोरुम सञ्चालनमा रहेको जानकारी सिटौलाले दिएका छन् । 

भारतमा समेत केटिएमले सेवा बिस्तार गरेको छ । भारतको दार्जिलिङ, सिक्किम, कालिम्पोङ र देहरादुनको मसुरीमा केटिएमको क्याजुएल र स्पोर्टस सामग्री उपलब्ध हुने उनले बताए । भारतीय ग्राहकलेसमेत कम्पनीको उत्पादन रुचाएको शोरुमका अर्का सञ्चालक बिशाल भण्डारीले जानकारी दिए । 

कोशी प्रदेशका लागि झापाको गौरिगञ्जमा उद्योग स्थापना गरेर उत्पादन सुरु गरेको कपनीले जनाएको छ । गौरिगञ्जबाट एथिको ब्राण्डको रनिङ सुज उत्पादन भइरहेको छ । निकट भविष्यमा सबै प्रकारका सामग्री उत्पादन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।