काठमाडौं । ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) ले नेपालमा दिने अनुदान ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ८५ करोड रुपैयाँ) ले बढाउने भएको छ ।एमसीसी अनुदानमा बन्ने परियोजना कार्यान्वयनमा ढिलाइ भएपछि त्यसबाट बढ्ने लागत पूर्तिका लागि एमसीसीले अनुदान बढाउने भएको हो ।एमसीसीले नेपाललाई अनुदान सहयोग वृद्धि गर्न चाहेको बारे सूचना अमेरिकी संसद् (कंग्रेस) लाई १८ डिसेम्बरमा दिइसकेको छ ।प्रसारण लाइन निर्माणका लागि स्रोतको कमी पूर्ति गर्न तथा एमसीसी कम्प्याक्टको लक्ष्यपूर्तिमा सहयोग गर्न ५ करोड डलरमा नबढ्ने गरी थप रकम प्रदान गर्ने गरी अमेरिका र नेपालबीच भएको सम्झौता (कम्प्याक्ट) संशोधन गर्नेबारे जानकारी एमसीसीले अमेरिकी कंग्रेसलाई गराएको हो ।एमसीसीले अनुदान सहयोग वृद्धि गर्न लागेको अर्थ मन्त्रालय स्रोतले पनि बताएको छ । ‘अनुदानमा बन्ने परियोजनाका लागत बढेको सन्दर्भमा थप ५ करोड डलरसम्म अनुदान दिने प्रक्रिया एमसीसीले अघि बढाएको छ,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘उनीहरूले त्यो पारित गरेपछि नेपाल सरकारले अनुदान स्वीकार गर्ने प्रक्रिया हामी अघि बढाउँछौं ।’
ताजा
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु