बिर्तामोड । बिर्तामोडको बिराट अर्जुन उपभोक्ता सहकारी संस्था ली को पाँचौ कार्यकालका लागि पुन ः अध्यक्षमा नबराज खरेल (नबिन ) निर्बिरोध निर्वाचित भएका छन् । २०६६ सालमा स्थापित सहकारीको पाँचौ कार्याकालका लागि १४ सदस्य कार्यसमिती निविरोध निर्वाचित भएको निर्वाचन अधिकृत डिल्ली दाहालले बताए । सोमवार सहकारी संस्थाको कार्यालयमा भएको निर्वाचन प्रक्रियामा कसैको पनि दोहारो उमेद्वावारी नपरे पछि कार्यसमितीनै निर्विरोध निर्वाचित भएको हो । अध्यक्षमा खरेल सहित उपाध्यक्षमा दिपेश प्रसाई, सचिवमा लक्ष्मीप्रसाद खरेल, सहसचिवमा ईश्वरीप्रसाद काफ्ले, कोषाध्यक्षमा कृष्णप्रसाद कुइकेल, सञ्चालक सदस्यमा रुद्रप्रसाद नेपाल, एकराज प्रधान, शारदा सिटौला, खेम बहादुर बस्नेत, राजेश दाहाल, टङ्कप्रसाद गौतम निर्वाचित भएका छन् । त्यसैगरी संस्थाको लेखा समिति संयोजकमा मालिकलाल राजवंशी,र लेखा समिति सदस्यमा देवेन्द्र मैनाली र खगेन्द्रप्रसाद चापागाई निर्विरोध निर्वाचित भएका छन्। संस्थाले अब चाँडै नै साधारण सभा मार्फत कार्यसमितिलाई पूर्णता दिनेछ। साधारण सभा अबको केही दिनमै हुने जानकारी दिएको छ। केही वर्षअघिसम्म घाटामा गइरहेको सहकारी नवीन खरेल अध्यक्षमा निर्वाचित भएर आइसकेपछि संस्थाले गति लिँदै गएको छ। अहिले संस्था नाफामा गएको अध्यक्ष खरेलले जानकारी दिएका छन् ।
ताजा
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु