बिर्तामोड । अर्घाखाँचीका साहित्यकार जेबी दर्लामी मगरले ‘मारीखोलाको ढुङगो’ उपन्यास संग्रह लिएर पुवको  झापा देखि पश्चिमा माहाकालीको यात्रामा निस्किएका छन् ।

 नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्धन्दको पेरिफेरीमा आधारित रहेर लेखिएको उपन्यासले पाठकको मन जित्न सक्ने बिश्वास दर्लामीको छ । सानैदेखि साहित्यप्रति आकर्षित दलामीले लेखन यात्रालाई निरन्तरता दिने बताएका छन् ।

झापाको अर्जुनधारामा आयोजित एक कार्यक्रममा दर्लामीको मारीखोलाको ढुङगो पुस्तकको चर्चा गरिएको छ । अग्रज गितकार तथा साहित्यकार शिवशंकर थापाको प्रमुख आथित्यतामा पुस्तक चर्चा गरिएको हो ।

थापाले मगर समुदायमा लेखन संस्कृति बिरलै मात्र रहेको बताउँदै दर्लामीको सहित्य यात्रा उच्च रहने धारणा राखे । उनले नेपाली साहित्यमा दर्लामीको रचना  जिबन्त राख्नुपर्ने धारणा राखेका थिए ।

अग्रज पत्रकार दिपीन राईले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार कुमार भट्टराई, सामाजिक ब्यक्तित्व जगत बहादुर मगर, पर्शुराम खापुङ, चन्द्र राना मगर लगायतको सहभागिता रहेको थियो । ‘मारीखोलाको ढुङगो’ उपन्यासमा अयोग्य लडाकु भनेर अलपत्र परेका लडाकुको कथा उठाईएको छ ।