झापा । तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।
तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते नै सुनको भाउ करिब ५ प्रतिशत घटेको थियो । असोज ३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुनको भाउ अहिले ४१११ डलर छ । एक औंस बराबर २. ४३ तोला हुन्छ ।
नेपालमा भने सार्वजनिक विदा परेसँगै महासंघले कात्तिक ४ यता मूल्य समायोजन गरेन । यसको प्रभाव आइतबार देखिएको हो । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला २६५ रुपैयाँ घटेको छ । तिहारअघि चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपैयाँ कायम भएको छ । असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला ३३५० रुपैयाँ पुगेको थियो ।
ताजा
बिर्तामोडमा भीषण आगलागी, क्यान्टिनमा काम गर्ने ६५ वर्षीय वृद्धको जलेर मृत्यु
महा नवमीमा पाथिभरा मन्दिरमा छठ समाजसेवा समितिको भण्डारा, हजारौँ भक्तजनले ग्रहण गरे प्रसाद
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा कार्यक्रम सुरु
नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षको झापा २ मा अधिवेशन सम्पन्न
मेचीलाई स्तब्ध पार्दै बिर्तामोड भेट्रान सेमिफाइनलमा
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा द्वारा बाढी पीडितका लागि १० लाख सहयोग
नियमित महाधिवेशन पक्षले पनि थाल्यो झापामा वडा अधिवेशन