बिर्तामोड, कात्तिक ८ । प्रथम संस्करणको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता २०८२ लाई लाइभ भिन्टेज डेनिम (एलभिडी) ले मुख्य प्रायोजन गर्ने भएको छ ।
गोल्डकप र पुरुषले लगाउने कपडा (मेन्स वेयर) कम्पनी एलभिडीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको हो । एलभिडीले मुख्य प्रायोजकका रुपमा पहिलोपटक सहयोग गरेको जनाएको छ ।
अब ‘एलभिडी झापा महिला गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । एलभिडीले यसअघि झापामा भएको फुटबलमा पनि प्रायोजन गरेको थियो । कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सिओओ) सौरभ श्रेष्ठले झापा महिला गोल्डकपसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।
नेपालमा १० वर्षदेखि सञ्चालनमा रहेको एलभिडीले महिला खेलाडीको प्रोत्साहनका लागि मुख्य प्रायोजकको भूमिकामा रहेको श्रेष्ठले बताए । नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता भएकाले आवद्ध भएको उनको भनाइ छ ।
एलभिडीले पुरुषका लागि भित्री वस्त्रबाहेक सर्ट, पेन्ट, कोटलगायत विभिन्न कपडा उत्पादन र बिक्री गर्दै आएको छ । नेपालका सबै प्रमुख सहरमा एलभिडीका बिक्री केन्द्र रहेको श्रेष्ठले जानकारी दिए ।
यसैबीच, प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । अतिथि र विशेष दर्शकका लागि ३०० वटा कुर्सी निर्माण गरिएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट धमाधम बनाइँदैछ ।
त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ ।
गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार गोल्डकप यसअघि भएका महिला फुटबल प्रतियोगितामध्ये सबैभन्दा आकर्षक र भव्य बन्ने अपेक्षा गरिएको छ । प्रतियोगिता यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म शिवसताक्षीस्थित दुधे रंगशालामा हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिए ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने सचिवालय प्रमुख खरेलले जानकारी दिए ।
नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता टुंगो लागिसकेको छ । त्यस्तै, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
आयोजक समितिले यो प्रतियोगितालाई महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट स्तरमै महिला फुटबललाई सुदृढ बनाउने अभियानका रूपमा लिएको जनाएको छ ।
ताजा
तेह्रथुमको आठराईमा ‘सार्थक बालसिकाइ कार्यक्रम’ को प्रतिवेदन सार्वजनिक तथा समापन सम्पन्न
मुस्लिम समाज विकास प्रतिष्ठान झापाद्वारा विपद् राहत कोषमा १ लाख २८ हजार ६८० रुपैयाँ सहयोग
विपत्तिमा मल्हम लगाउँदै झापा गोल्डकप : भोटेकोसी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
बाढी पीडितलाई सहयोग जुटाउँदै ईक्यान झापा
बाढीपीडितको पीडामा सहारा नेपाल : उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख सहयोग
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।
तेह्रथुमको आठराईमा ‘सार्थक बालसिकाइ कार्यक्रम’ को प्रतिवेदन सार्वजनिक तथा समापन सम्पन्न
मुस्लिम समाज विकास प्रतिष्ठान झापाद्वारा विपद् राहत कोषमा १ लाख २८ हजार ६८० रुपैयाँ सहयोग
विपत्तिमा मल्हम लगाउँदै झापा गोल्डकप : भोटेकोसी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
बाढी पीडितलाई सहयोग जुटाउँदै ईक्यान झापा
बाढीपीडितको पीडामा सहारा नेपाल : उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख सहयोग
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।






























































