चरनमा लगेका ३ बाख्रा मृत अवस्थामा फेला-एउटा वेपत्ता-बाघको आक्रमणको आशंखा

तेह्रथुमको आठराई गाउँपालिका वडा नं ७ थोक्लुङ पिप्लेमा बुधबार चरनमा लगेका ३ वटा बाख्रा क्ष्यत विक्ष्यत अवस्थामा मृत भेटिएका छन भने एउटा वेपत्ता भएको छ ।

स्थानीय सोम रूम्बा,सुकमान रूम्बा (काका) र सुकमान रूम्बा (भतिज) का ३५/४० वटा बाख्रा बुधबार चरनका लागि रातो माटो खन्ने ठाउॅ भनेर चिनिने तिलबारी पाखामा लगिएको थियो । चरन पछि घर फर्केपछि १० वटा बाख्रा छुटेको बाख्रा धनिहरूले थाहा पाएको बताए । सॅाझ परिसकेकोले फर्कने आश अथवा नफर्के भोली पल्ट खोज्ने सोचले छोडिए ।

बिहीबार बिहान सम्म पनि बाख्रा नफर्के पछि बाख्रा धनीले खोजी कार्य शुरू गरे । भेटाउॅन नसके पछि छर छिमेकको सहयोगमा खोजी गर्ने क्रममा ३ वटा बाख्रा सोही क्षेत्रमा मृत अवस्थामा भेटिए । अरू सकुसल भेटिए भने एउटा अझै पनि नभेटिएको खोजी कार्यमा संलग्न स्थानीय असोक तिम्सिनाले जानकारी दिनु भयो ।

स्थानीयहरूका अनुसार मृत बाख्राहरूको प्रकृति हेर्दा घॅाटिमा दॅात गाडिएको र केहीलाई क्ष्यत बिक्ष्यत पारेको हुनाले बाघले आक्रमण गरेको हुन सक्ने अनुमान गरेका छन ।घटना पछि स्थानीय बासिन्दा त्रसित बनेका छन ।