काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलकाे टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएकाे छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज एक विज्ञप्ति निकालेर नेपालले वेस्ट इन्डिजसँग आउँदाे सेप्टेम्बर २७, २८ र ३० तारिखमा संयुक्त अरब इमिरेट्स (यूएई) मा टी–२० शृङ्खला खेल्ने जानकारी गराएकाे हाे । याे खेल शारजाह क्रिकेट मैदानमा हुनेछ ।