काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एमालेको झोले भएको र त्यसमा गर्व लागेको बताएका छन्। सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झण्डा बोक्नुपर्नेमा उनले जोड दिए। काठमाडौँमा आज भएको एक कार्यक्रममा उनले भने, “म एमालेको झोले हुँ। यतिभन्दा एमालेको विरोधीहरुलाई चित्त बुझ्छ होला। म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु। यसमा मलाई गर्व छ ।”अध्यक्ष ओलीले थपे, “जेमा पनि खोट देख्ने तथा कथित आलोचनात्मक चेतबाट माथि उठ्नुस्। ढुक्क भएर राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्नुस्। तपाईंहरु बुद्धि बेचेर खाने वर्गमात्रै होइन, बौद्धिक वर्ग हो। देशलाई नोक्सान पार्ने र बेठिक गर्नेहरुको विरोध गर्नुस्। सही विचार बोक्नेहरुलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस्।”एमालेले राष्ट्रिय एकतालाई सर्वोपरी ठान्ने स्पष्ट गर्दै उनले लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने समयमा पृथ्वीपथका नाममा राजतन्त्र पुनःस्थापाको कुरा उठाउनु अप्रसाङ्गिक हुने टिप्पणी गरे।सबै घेराबन्दी र मोर्चाबन्दीलाई पराजित गरेर एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बनेको दावी गर्दै उनले व्यक्तिगत महत्वाकाङ्क्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेले एकल बहुमत ल्याउन सक्ने बताए।
ताजा
मुस्लिम समाज विकास प्रतिष्ठान झापाद्वारा विपद् राहत कोषमा १ लाख २८ हजार ६८० रुपैयाँ सहयोग
विपत्तिमा मल्हम लगाउँदै झापा गोल्डकप : भोटेकोसी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
बाढी पीडितलाई सहयोग जुटाउँदै ईक्यान झापा
बाढीपीडितको पीडामा सहारा नेपाल : उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख सहयोग
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।