काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा २ र डिजल र मट्टीतेलमा भने १ रुपैयाँले मूल्य वृद्धि भएको हो।उक्त मूल्य आज राती १२ बजेदेखि लागू निगमले जानकारी दिएको थियो। हवाई इन्धनको मूल्य भने आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ।