तेह्रथुम  — गोलनेपाल डट कमका पत्रकार तुलसी सिटौलाको अध्यक्षतामा नेपाल खेलकुद पत्रकार मञ्चको तेह्रथुम जिल्ला समन्वय तदर्थ समिति गठन गरिएको छ।

शनिबार सदरमुकाम म्याङलुङमा जिल्लाका पत्रकारहरूको उपस्थितिमा तदर्थ समिति गठन गरिएको हो।

समितिमा डि.बि. लिम्बु उपाध्यक्ष, उद्धव दाहाल सचिव, अस्मिता सुबेदी सहसचिव, र रुद्र  गुरागाई कोषाध्यक्ष चयन भएका छन्।

१७ सदस्यीय समितिका अन्य सदस्यहरूमा कमल खनाल, तुलसीराम धमला, किरण कार्की, मित्र इङनाम, मिक्सेन पाक्सावा, सुजन ढकाल, विकास गुरुङ, सरस्वती राई, सबिना लिम्बु, विनोद भट्टराई, सन्ध्या लिम्बु, र सोनी लिम्बु रहेका छन्।

समिति गठन कार्यक्रममा नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष ठाकुर सेनेहाङ र निवर्तमान अध्यक्ष अमृत बास्तोलाको विशेष उपस्थिति रहेको थियो।

अध्यक्ष सिटौलाका अनुसार तेह्रथुममा खेल पत्रकारिताप्रति आकर्षण बढ्दै गएकाले खेलकुद क्षेत्रमा क्रियाशील पत्रकारहरूलाई एकजुट गर्न तदर्थ समिति गठन गरिएको हो।

समितिलाई आधिकारिकता दिन नेपाल खेलकुद पत्रकार मञ्च केन्द्रीय समितिमा पत्रचार गरिएको छ। आवश्यक प्रक्रिया पूरा गरी चाँडै प्रथम जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय पनि गरिएको छ।